वीरगन्जका विभिन्न स्थानमा झडप, ८ सुरक्षाकर्मीसहित १८ जना पदर्शनकारि घाइते

वीरगन्जका विभिन्न स्थानमा झडप, ८ सुरक्षाकर्मीसहित १८ जना पदर्शनकारि घाइते

  • सोमवार, कार्तिक १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, १६ कार्तिक ।

वीरगन्जको विभिन्न स्थानमा झडप हुँदा ८ सुरक्षाकर्मीसहित १८ जना घाइते भएका छन ।

जसमध्ये ५ जनालाई रवरको गोली लागेको छ । वीरगन्जका भुलन सराफ, शिवजी साह, राहुल दास, रामराज मुखिया र एक जनाको परिचय खुल्न सकेको छैन।

भुलनको पिठ्यू र खुट्टा, शिवजीको टाउको, रामजीको खुट्टा र राहुलको हातमा रवरको गोली लागेर घाइते भएको प्रहरीले जनाएको छ।

उनीहरुको उपचार नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा भइरहेको छ।

त्यस्तै प्रहरीको लाठीबाठ वीगरन्जका रवि यादव, राकेश गुप्तालगायत प्रदर्शनकारी घाइते भएका छन् ।

प्रदर्नकारीले चलाएको ढुंगा लागेर सशस्त्र र नेपाल प्रहरीतर्फ ८ जना सुरक्षाकर्मी घाइते भएका छन्।

गाउँगाउँबाट आएका प्रदर्शनकारीले वीरगन्जका विभिन्न स्थानमा विरोध प्रदर्शन जारी राखेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी