काठमाडौं, १६ कात्तिक ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा ४ दिने बिदेश भ्रमणका लागि जेनेभा जादै हुुनुहुन्छ ।
युएन ह्युमन राइट्स काउन्सिलको बैठकमा भाग लिन उहा आज त्यसतर्फ प्रस्थान गर्दै हुनुुहन्छ ।
सरकारी वार्ता टोलीका संयोजकसमेत रहेका थापाले यसअघि भ्रमण स्थगन गर्नुभएको थियो ।
मन्त्री थापाले ‘प्रधानमन्त्रीको निर्देशन’ भन्दै आफु जेनेभा भ्रमणमा जान लागेको सामाजिक संजाल ट्वीटर मार्फत प्रष्ट पार्नुभएको छ ।
सरकारी वार्ता टोलीका संयोजक नै विदेश भ्रमणमा जाने भएपछि भ्रमण अवधिभर मधेसी मोर्चासँगको वार्ता अवरुद्ध हुने भएको छ ।
उहा कात्तिक २० गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसअघि मन्त्री थापाले जेनेभा भ्रमण स्थगन गरी कानुन मन्त्री अग्नी खरेललाई पठाउने जनाइएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline