भारतबाट खसीबोका नल्याइने

भारतबाट खसीबोका नल्याइने

  • सोमवार, कार्तिक १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाण्डौ,१६ कात्तिक ।

खसीबोका व्यवसायी संघ पोखरा र कास्की खसी तथा कुखुरा मासु व्यवसायी समितिले अबदेखि भारतबाट खसीबोका नल्याउने भएका छन ।

ती संंस्थाले पत्रकार सम्मेलन गरी भारतले इन्धन र ग्यासलगायतका अत्यावश्यक वस्तु नेपालमा पठाउन आनाकानी गर्ने र अनावश्यक, कम महत्व र छिटो बिग्रने फलपूmल, तरकारी भने पठाउने गरेको विरोधमा सो निर्णय गरिएको बताइएको छ ।

मधेसवादी दलहरुले गरेको आन्दोलनलाई समर्थन गर्दै भारतले अघोषित नाकाबन्दी गरेर नेपालीको जनजीवनलाई कष्टकर बनाएको भन्दै खसीबोका व्यवसायी समितिले जिल्लालाई चाहिने खसीबोका अबदेखि सुर्खेत, दाङ, नेपालगन्जलगायतका ठाउँबाट ल्याउने भएका छन ।

जिल्लामा मासिक छ हजार ५०० वटा खसीबोका खपत हुने गरेकामा त्यसको ६० प्रतिशत भारतबाट ल्याउने गरिएको थियो । जिल्लामा हाल दैनिक ५० हजार किलो कुखुरा र १० हजार किलो खसीबोकाको मासु बिक्री हुने गरेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी