काठमाडौं, १५ कात्तिक ।
नवनिर्वा्चित उपराष्ट्रपति नन्दबहादुर पुनले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।
आज शीतल निवासमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीले उपराष्ट्रपति पुनलाई सपथ ग्रहण गराउनुभएको हो ।
उपराष्ट्रपति पुिनले सहिद, देश र जनताको नाममा सपथ लिनुभएको छ । सपथको भाषामा ईश्वर, देश र जनता लेखिएको भएपनि पुनले सहिदको नाममा सपथ ग्रहण गर्नुभएको हो ।
सपथ ग्रहण सलत्तै कार्यक्रममा निवर्तमान उपराष्ट्रपति परमानन्द झाले नवनिर्वा्चित राष्ट्रपति पुनलाई पद हस्तान्तरण गर्नुभएको छ ।
कम्युनिष्ट विचारधारका नेताहरुले सपथ लिँदा इश्वरको नाममा नलिने चलन छ । तर राष्ट्रपति भण्डारीले भने इश्वरको नाममा पनि सपथ लिनुभएको थियो ।
पुन हिजो नेपाली काँग्रेसका नेता अमिय कुमार यादवलाई हराउदै मुलुकको दोस्रो उपराष्ट्रपति बन्नुभएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline