काठमाडौं, १५ कार्तिक ।
चीनको झण्डा जलाएको आरोपमा प्रहरीले मधेसी मोर्चाका तीन जिल्लास्तरीय नेतालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य संजय यादव, सदभावनाका जिल्ला अध्यक्ष इमदाद गद्दी र नेपाल परिवार दलका ओमप्रकाश सर्राफ छन् ।
वीरगञ्ज रक्सौल नाकाको मितेरी पुलमा धर्नामा बसेर घर फर्कने क्रममा उनीहरुलाई प्रहरीले शंकराचार्य प्रवेशद्वारवाट पक्राउ गरि अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठ पुष्टि गर्नुभयो ।
चीनले नेपालमा इन्धन दिएपछि मधेस विरोधी भएको भन्दै मधेसी मोर्चाका नेताहरुले कात्तिक १२ गते वीरगञ्जको घण्टाघर चोकमा चीनको झण्डा जलाएका थिए । चिनियाँ झन्डा जलाइएको घटनालाई भारतीय संचारमाध्यमले यसरी प्रस्तुत गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline