प्रधानमन्त्री ओलीले आज मन्त्रिमन्डल विस्तार गर्ने

प्रधानमन्त्री ओलीले आज मन्त्रिमन्डल विस्तार गर्ने

  • आइतवार, कार्तिक १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं, १५ कार्तिक ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिमन्डल विस्तार गर्दै हुनुहुन्छ । सरकार गठन भएको २१ दिनपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदलाई विस्तार गर्न लाग्नुभएको हो ।

एमालेका अध्यक्ष समेत रहनु भएका ओलीलाई आफनै पाटीबाट मन्त्री छान्न अप्ठारो भएको थियो । उहाले आज एमालेका तर्फबाट उपप्रधानमन्त्री सहितका विभिन्न मन्त्रालयको जिम्मेवारी सहित नेताहरुलाई मन्त्रिपरिषमा सामेल गराउने तयारी गर्नुभएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएपछि प्रधानमन्त्री ओलीले सरकार विस्तार गर्न लाग्नुभएको हो । सबै पक्षबीच सन्तुलन मिलाएर ओलीले मन्त्रिमन्डल विस्तार गर्ने तयारी गर्नुभएको एमालेको केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो।

एमालेले उपाध्यक्ष भीम रावललाई उपप्रधानमन्त्री सहित रक्षामन्त्रीको जिम्मेवारी र उपमहासचिव विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने स्रोतले जनाएको छ ।

एमालेका तर्फबाट मन्त्री हुनेमा श्रीमाया थकाली, पशुपति चौलागाईं, रविन्द्र अधिकारी, भानुभक्त ढकाल, आनन्द पोखरेल, प्रेम आले, शत्रुघन महतो, यज्ञराज सुनुवार, र बैजनाथ चौधरीसहितका नेताको नाम चर्चा छ । तर उनीहरुलाई कुन कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेमा भने अझै सहमति नजुटेको नेताहरुले बताएका छन।

एकीकृत नेकपा माओवादीलगायतका सत्तासाझेदार दलले आफ्नो भागमा परेका मन्त्रालय लिइसकेकाले एमालेले अर्थ, सन्चार, रक्षा, सहरी विकास, स्वास्थ्य र पर्यटनलगायतका मन्त्रालयको जिम्मेवारी लिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी