मोर्चासंग आज तेस्रो चरणको औपचारीक बार्ता हुदै

मोर्चासंग आज तेस्रो चरणको औपचारीक बार्ता हुदै

  • आइतवार, कार्तिक १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाण्डौ,१५ कात्तिक ।

सरकार र तराइ मधेशमा बिगत ७९ दिनदेखी आन्दोलन गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबिच आज तेस्रो चरणको औपचारीक बार्ता हुदैछ । बार्ता अपरान्न ४ बजे ललितपुरको बालकुमारीस्थित मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको कार्यालयमा हुने छ ।

मोर्चाले मेची देखी महाकालीसम्म पहाड नजोडीएका दुइ प्रदेशको मागलाई बटमलाइन बनाएको छ । सरकार पुर्ब तयारी बिना नै बार्तामा प्रस्तुत भएको भन्दै मोर्चाले आन्दोलनलाई थप सशक्त बनाउने रणनिती बनाएको छ ।

सिमाङकन बाहेक जनसंख्याका आधारमा निर्वाचन क्षेत्र , राज्यका सबै निकायमा समानुपातिक समाबेशी प्रतिनिधित्व लगायतका मागमा आज सहमती हुने सरकारी बार्ता टोलीका सदस्य अग्नी खरेलले जनाकारी दिनुभयो ।

यसैबिच संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक आज पनि बस्दैछ । हिजोदेखी जनकपुरको एक होटलमा जारी बैठकमा सरकारसंगको बार्ता र आगामी रणनितीका बिषयमा छलफल हुने सदभाबनाका महासचिब मनिष सुमनले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी