काठमाडौँ, १५ कात्तिक ।
संघीय गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपतिमा निर्वाचित नन्दबहादुर पुनले आज पद तथा गोपनीयताको सपथ लिदै हुनुहुन्छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति पुनलाई सपथ ग्रहण गराउनु हुने जनाइएको छ ।
दिउँसो २ बजे सपथ ग्रहण समारोह तय गरिएको राष्ट्रपतिका सहयोगी सुभाष देवकोटाले जानकारी दिनुभयो ।
हिजो ब्यबस्थापिका संसदमा भएको निर्वाचनमा ३ सय २५ मत ल्याउदै एमाओबादीका पुर्ब कमाण्डर पुन उपराष्ट्रपतिमा निर्वाचित हुनु भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline