कानुनमन्त्री जेनेभा जाने

कानुनमन्त्री जेनेभा जाने

  • शनिबार, कार्तिक १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ, १४ कात्तिक ।

उपप्रधानमन्त्री कमल थापाले स्वीट्जरल्यान्डको जेनेभामा हुने मानवअधिकारसम्बन्धी समीक्षा बैठकमा जाने भ्रमण स्थगन गर्नुभएको छ ।

आन्दोलनरत मधेसी मोर्चासँगको वार्ता जारी रहेका कारण उहाँले सो भ्रमण रद्द गरेको थापाका प्रेस सहयोगी मोहन श्रेष्ठले जानकारी दिनुभयो । उपप्रधानमन्त्री थापा सरकारी वार्ता टोलीका संयोजक समेत हुनुहुन्छ ।

यही कात्तिक १६ देखि २० गतेसम्म हुन लागेको सो बैठकमा मानवाधिकारको अद्यावधिक समीक्षा गरिने छ । विश्वका विभिन्न १९३ राष्ट्रको सहभागिता रहने बैठकमा परराष्ट्रमन्त्री सहभागी हुने प्रचलन छ ।

उक्त बैठकमा नेपालको प्रतिनिधित्व गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेल जानुहुने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी