अनुदानमा दिएको इन्धन लिन चार ट्यांकर केरुङमा

अनुदानमा दिएको इन्धन लिन चार ट्यांकर केरुङमा

  • शनिबार, कार्तिक १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाण्डौ,१४ कात्तिक ।

नेपाललाई चीन सरकारले उपलब्ध गराउने पेट्रोलियम पदार्थ लिन आज चार नेपाली ट्याङ्कर केरुङ प्रवेश गरेका छन् ।

नेपाल आयल निगमका प्रवक्ता दीपक बरालले केरुङभन्दा २५ किमीमाथि हिमपातका कारण सडक अवरुद्ध हुँदा केरुङ ल्याइसकिएको तेल भर्नका लागि चार ट्याङ्कर मात्र केरुङ पठाइएको जानकारी दिनुभयो । आजै साँझ ती ट्यांकरले ३६ हजार लि तेल भरी नेपाल प्रवेश गर्ने बताइएको छ ।

तेल भर्न गएका अन्य आठ ट्यांकर आइतबार केरुङ पुग्ने बताउँदै प्रवक्ता बरालले हिमपात पन्छाई सडक खुलाउने कार्य सुरु भइसकेको जानकारी दिनुभयो । आइतबारसम्म एक लाख आठ हजार लि तेल नेपाल भित्रने र चीनले उपलब्ध गराउने सबै पेट्रोलियम पदार्थ एक साताभित्र निगमको केन्द्रीय भण्डारमा पुगिसक्ने बताइएको छ ।

सीमा क्षेत्रमा लाइन लागेर बसेका अन्य आठ ट्यांकर अहिले टिमुरेमा राखिएको छ । प्रवक्ता बराल चार नेपाली ट्यांक रसुवागढी नाकाबाट आज अपराह्न १ बजे केरुङतर्फ जानुभएको छ ।

सिगात्से–केरुङ मार्गमा हिमपात भएका कारण औपचारिक तेल हस्तान्तरण गर्ने कार्यमा सहभागी हुने भनिएका चीनका लागि नेपालका राजदूत महेश मास्के र ल्हासाका लागि नेपाली महावाणिज्यदूत हरि बस्याल बीचबाटामै रोकिनुभएको बताइएको छ ।

यसैबीच तातोपानीभन्दा रसुवागढी नाकाबाट दीर्घकालीन इन्धनको व्यावसायिक कारोबार गर्न सडक उपयुक्त भएकाले सडकको स्तरोन्नति गर्न सरकारसमक्ष आग्रह गरिने प्रवक्ता बरालले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी