कात्तिक १४, काठमाडौं ।
मुलुकको दोस्रो उपराष्ट्रपतिका लागि व्यवस्थापिका संसदमा आज भएको निर्वाचनमा जम्मा ५ सय ९७ मध्ये ५ सय ४६ जनाले मतदान गरेका छन ।
उपराष्ट्रपतिको निर्वाचनमा सभासद प्रभादेबी ब्रजाचार्य र मधेशी दलका सभासदहर सहभागी नभएको संसद सचिबालयका सहायक प्रबक्ता सुर्दशन कुइकेलले जानकारी दिनुभयो ।
नेपालको द्रोस्रो उपराष्ट्रपति पदका लागि एकीकृत नेकपा माओवादीका नेता नन्दकिशोर पुन र नेपाली काग्रेसका नेता अमियकुमार यादव प्रतिस्पर्धामा हुनुहुन्छ ।
अहिले केही बेरमा मत गणना सुरु हुनेछ । साझ ५ बजे बस्ने संसद बैठकमा सभामुख ओनसरी घर्तीले परिणाम घोषणा गर्नुहुनेछ ।
संसदमा हाल कायम रहेका ५ सय ९७ मध्ये २ सय ९९ मत प्राप्त गर्ने उम्मेदवार नेपालको भावी उपराष्ट्रपति बन्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline