नयाँ उपराष्ट्रपतिका लागि आज मतदान जारी

नयाँ उपराष्ट्रपतिका लागि आज मतदान जारी

  • शनिबार, कार्तिक १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

कात्तिक १४, काठमाडौं ।

मुलुकको दोस्रो उपराष्ट्रपतिका लागि अहिले व्यवस्थापिका संसदमा मतदान जारी छ । उपराष्ट्रपति चयनका लागि बिहान ११ बजेदेखि सुरु भएको मतदान दिउसो २ बजेसम्म चल्नेछ ।

नयाँ उपराष्ट्रपति पदका लागि एकीकृत नेकपा माओवादीका नेता नन्दकिशोर पुन र नेपाली काग्रेसका नेता अमियकुमार यादव प्रतिस्पर्धामा हुनुहुन्छ ।

सत्तारुढ गठबन्धनका तर्फबाट उमेद्वारी दिनुभएका एकीकृत माओवादी नेता पुनको प्रस्तावकमा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र समर्थकमा राप्रपा नेपालका दीलनाथ गिरी रहनुभएको छ ।

अहिलेको समीकरण अनुसार सत्तारुढ दलहरुसंग स्पष्ट बहुमत भएका कारण एमाओवादी नेता पुन निर्वाचित हुने लगभग निश्चित जस्तै देखिएको छ ।

यादवको प्रस्तावकमा भने कंग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र समर्थकमा कंग्रेसका सचेतक इश्वरी न्यौपाने रहनुभएको छ ।

व्यवस्थापिका संसदमा हाल कायम रहेका ५ सय ९७ मध्ये २ सय ९९ मत प्राप्त गर्ने उम्मेदवार नेपालको भावी उपराष्ट्रपति बन्नेछ । साझ ५ बजेपछि बस्ने संसद बैठकमा परिणाम घोषणा हुने संसद सचिवालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी