घरेलु कामदार पठाउन ४९ म्यानपावर सूचीकृत

घरेलु कामदार पठाउन ४९ म्यानपावर सूचीकृत

  • शुक्रबार, कार्तिक १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौँ, १३ कात्तिक ।

वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउन नेपालका ४९ म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले सूचीकरण गरेको छ ।

वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७० अनुसार जारी भएको सूचनाको आधारमा निवेदन दिएका इजाजत प्राप्त म्यानपावर कम्पनीबाट निवेदन दिएकामध्येबाट कागजात अध्ययन गरी ४९ कम्पनी सूचीकृत भएको विभागले जनाएको छ ।

सूचीकरण भएका संस्थाले १५ दिनभित्र सम्पर्कमा आउन विभागले अनुरोध गरेको छ ।

यसअघि अधिकांश म्यानपावरले आफुखुसी विभिन्न मुलुकमा गैरकानुनीरुपमा घरेलु कामदार पठाउँदै आएका थिए । विभागको यो निर्णयपछि सुचीकरणमा नपरेका म्यानपावरले घरेलु कामदार पठाउन पाउने छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी