काठमाण्डौ,१३ कात्तिक ।
नयाँ उपराष्ट्रपतिका लागि एमाओबादी र काग्रेसबिच प्रतिस्पर्धा हुने भएको छ ।
उपराष्ट्रपतिका लागि चार जनाले उम्मेदवारी दर्ता गराएपनि अन्तिममा नेपाल परिवार दलका दयाराम कडेल र स्वतन्त्र सांसद अतहर कमाल मुसलमानले उम्मेदावरी फिर्ता लिनुभएको हो ।
अब सत्तारुढ गठबन्धनका तर्फबाट एकीकृत माओवादीका नेता नन्दकिशोर पून, कंग्रेसका अमियकुमार यादवबिच प्रतिस्पर्धा हुने भएको छ । पूनको प्रस्तावकमा एमालेका झलनाथ खनाल र राप्रपा नेपालका दीलनाथ गिरी हुनुहुन्छ । यादवको प्रस्तावकमा चीनकाजी श्रेष्ठ र समर्थकमा इश्वरी न्यौपाने हुनुहुन्छ ।
उम्मेदवारी दर्ता गरापछि संचारकर्मीसंग प्रतिक्रिया दिदै नन्दकिशोर पुन पासाङले आफू नै विजयी हुने दाबी गर्नुभएको छ । पूर्व जनमुक्ति सेनाका कमाण्डरसमेत रहनुभएका पासाङले सबै दलहरुको समर्थन पाउने विश्वाससमेत व्यक्त गनुर््भयोे ।
उहाले नयाँ संविधानको कार्यान्वयन, पालना, संरक्षणका साथै राष्ट्रलाई एकताबद्ध गर्न आवश्यक देखेर आफूले उपराष्ट्रपति पदमा उम्मेदवारी दिएको बताउनुभयो ।
यस्तै काग्रेसका उम्मेदावर अमियकुमार यादवले पनि आफु बिजयी हुने दाबी गर्नुभएको छ । उम्मेदावरी दर्ता गराएपछि संचारकर्मीसंग प्रतिक्रिया दिदै उहाले यस्तो दाबी गर्नुभएको हो ।
उपराष्ट्रपतिका लागि भोली बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म संसद् भवन नयाँ बानेश्वरमा मतदान हुनेछ । भोली बेलुकी ५ बजे बस्ने व्यवस्थापिका–संसद्को बैठकमा उपराष्ट्रपति निर्वाचनको परिणाम घोषणा हुनेछ ।