तिहारमा पूmलको अभाव हुने

तिहारमा पूmलको अभाव हुने

  • शुक्रबार, कार्तिक १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौँ, १३ कात्तिक ।

भारतले अघोषितरूपमा गरेको नाकाबन्दीका कारण तिहारमा सयपत्री पूmलको अभाव हुने देखिएको छ । हरेक वर्ष तिहारको लागि भारतबाट पूmल आयात गर्ने गरेको भएकाले यसवर्ष नाकाबन्दीले गर्दा अभाव हुने देखिएको फ्लोरिकल्चर एसोसियसन नेपालले जनाएको छ ।

पछिल्लो समय स्वदेशी पूmल उत्पादनमा वृद्धि भएपनि चाडपर्वलाई लक्षित गरेर झण्डै २० प्रतिशत पूmल अझैपनि भारतबाटै आयात गर्ने गरिएको छ । गत वर्षको तिहारमा रु एक करोड ४० लाख बराबरको सयपत्री पूmल भारतबाट आयात गरिएको थियो ।

नाकाबन्दीका कारण यस वर्ष पूmल आयात गन समस्या देखिएको एसोसियसनका अध्यक्ष लोकनाथ गैरेले जानकारी दिनुभयो । विगतका वर्षमा १५ दिन अगाडि नै तिहारका लागि भारतबाट पूmल आयात गरिन्थ्यो । यस वर्ष अहिलेसम्म ल्याउने तयारीसमेत भएको छैन ।

पछिल्लो समय पूmलको प्रयोग होटल, सभा सम्मेलन र घरमा सजावट बढिरहेकाले वार्षिक रु अढाई करोड बराबरको पूmलको कारोबार हुने गरेको छ । सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ९० प्रतिशत पूmलको खपत हुने गरेको छ ।

सयपत्री पूmल भारतबाट ल्याउने गरेको भएपनि गोदावरी र मखमली पूmल अस्ट्रेलिया तथा मलेसिया निर्यात हुने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी