कार्यवाहक अध्यक्ष बन्ने चाहाना छैन : उपाध्यक्ष गौतम

कार्यवाहक अध्यक्ष बन्ने चाहाना छैन : उपाध्यक्ष गौतम

  • शुक्रबार, कार्तिक १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, १३ कार्तिक ।

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू एमालेको कार्यवाहक अध्यक्ष बन्ने चाहाना नभएको बताउनु भएको छ । प्रधानमन्त्री ओलीलाई सफल बनाउन आफू निस्वार्थरुपमा लाग्ने गौतमले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

आफुले पार्टीको कार्यवाहक अध्यक्षको माग, आशय र अनुरोध कोहीसँग नगरेको र नगर्ने पनि वरिष्ठ उपाध्यक्ष गौतमको भनाइ छ ।

आफूले केपी ओलीलाई संसदीय दलको नेता र पार्टी अध्यक्ष बनाउँदा होस् या प्रधानमन्त्री बनाउँदा ,कुनै स्वार्थ र शर्तविना नै सहयोग गरेको गौतमले बताउनुभयो छ ।

यसैवीच विगतमा एक व्यक्ति एक पदको वकालत गर्दै आउनुभएका प्रधानमन्त्री केपी ओलीले पार्टीको कार्यबाहक अध्यक्षको जिम्मेवारी कसैलाई नदिने एमाले स्रोतले जनाएको छ ।

एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले कार्यवाहक अध्यक्ष बन्ने चाहना राखेको बताइए पनि ओलीले प्रधानमन्त्री, संसदीय दलको नेता र पार्टीको अध्यक्ष तीनवटै पद आफैंले राख्न चाहेको एमाले सूत्रहरुको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी