सिमानाका केही खुकुलो

सिमानाका केही खुकुलो

  • शुक्रबार, कार्तिक १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं,१३ कात्तिक ।

नेपालले चिनसंग इन्धन ल्याउने सम्झौता गरेसंगै भारतले सिमानाका केही खुकुलो पारेको छ । आज देशका बिभिन्न भन्सार नाकाहरुबाट ९० भन्दा बढी इन्धनको ट्याङकर नेपाल भित्रिउका छन ।

विराटनगरको रानी–जोगबनी नाकाबाट पेट्रोलका ८ वटा ट्याङकर , डिजेलका ५२ र ४ वटा ग्यासंका बुलेट भित्रिएका छन । झापाको काँकडभिट्टा–पानी ट्यांकी नाकाबाट २ ट्यांकर डिजेल सहित ११ बटा मालबाहक सवारी नेपाल भित्रिएका भन्सार कार्यालयले जनाएको छ ।

यस्तै नेपालगन्ज–रुपैडिहा नाकाबाट जम्मा ९५ मालबाहक गाडी नेपाल भित्रिएकोमा १० ओटा डिजेलका ट्यांकर रहेका छन् । यसैगरी भैरहवा–सुनौली नाकाबाट आज विहान मालबाहक सवारी ३५ वटा भित्रिएका छन् जस्मा पेट्रोलियम पदार्थ रहेका छैनन् । मुलुकको प्रमुख भन्सार वीरगन्ज–रक्सौल नाका भने ३७ दिनदेखि ठप्प छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी