काठमाडौ १३ कार्तिक ।
उच्च स्तरिय राजनितिक समन्वय समितिको बैठक अहिले बसिरहेको छ ।
बालुवाटार स्थित प्रधानमन्त्री निवासमा जारी बैठकमा सत्तागठबन्धनका तर्फबाट उपराष्ट्रपतिमा उमेदवार कसलाई बनाउने भन्नेबारे छलफल भइरहेको छ ।
एमओवादीले पुर्व जनमुक्ति सेनाका प्रमुख नन्दकिशोर पुन लाई नै उपराष्ट्रपति बनाउने औपचारिक निर्णय गरेपनि उच्चस्थरीय समितिको बैठकमा भने सहमति जुट्न सकेको छैन ।
सत्ता साझेदार प्रमुख दलहरुबीच उपराष्ट्रपतिको पद एकिकृत नेकपा माओवादीलाई दिने पूर्वसहमति भएपनि पछिल्ला समय मधेशी र थारु समुदायलाई अगाडि सार्न दवाव बढेपछि सहमति मै उमेदवारको टुङ्गो लगाउन समस्या भएको छ ।
पछिल्लो समय सत्तामा सहभागी फोरम लोकतान्त्रिक लगायत साना दलले उपराष्ट्रपति पद आफूहरुले पाउनुपर्ने माग गरेपछि त्यसबारे सहमति जुटाउन आजपनि उच्चस्तरीय समितिको बैठक बसिरहेको स्रोतको दाबी छ ।