काठमाडौ १३ कार्तिक ।
एकिकृत नेकपा माओवादीले पार्टी स्थायी समिति सदस्य तथा पूर्व लडाकु कमान्डर नन्दकिश्वर पुनलाई उपराष्ट्रपतिको उमेदवार बनाउने निर्णय गरेको छ ।
लाजिम्पाट स्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा आज बिहान बसेको स्थायी कमिटी बैठकले पूर्व लडाकु कमान्डर पुनलाई भोली हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि उमेदवारी बनाउने निर्णय गरेको हो ।
सत्तासाझेदार दलबाट पूर्वसहमति विपरित धारणा आएपनि पार्टीले पुनलाई नै उमेदवार बनाउने निर्णय गरेको सो पार्टीका स्थायी समिति सदस्य अग्नीप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
सत्तारुढ गठबन्धन भित्र उपराष्ट्रपति तराईमधेसबाट हुनुपर्ने दवाव बढेपछि त्यस विषयमा छलफल गर्न एकिकृत नेकपा माओवादीले स्थायी समिति बैठक बोलाएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline