बालबालिकाको भविष्य जोखिममा परेकोप्रति राष्ट्रसंघद्धारा चिन्ता व्यक्त

बालबालिकाको भविष्य जोखिममा परेकोप्रति राष्ट्रसंघद्धारा चिन्ता व्यक्त

  • शुक्रबार, कार्तिक १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ १३ कार्तिक ।  

भूकम्प र त्यसपछि तराई मधेशमा जारी आन्दोलनले नेपालका लाखौं बालबालिकाको भविष्य जोखिममा परेको भन्दै संयुक्त राष्ट्रसंघले गम्भीर चिन्ता व्यक्त गरेको छ ।

राष्ट्रसंघको बालबालिका हेर्ने निकाय युनिसेफले ‘बालबालिका शान्ति क्षेत्र स्थापना’ मा जोड दिँदै अहिले उनीहरू पठनपाठनबाट वञ्चित भएकोप्रति चिन्ता व्यक्त गरेको हो ।

विशेष गरी तराई र भूकम्पबाट अति प्रभावित मध्य तथा मध्यपूर्वी पहाडी जिल्लाका बालबालिका प्रभावित भएको युनिसेफले जनाएको छ ।

वर्तमान अवस्थाको सिधा असर बालबालिकाको शिक्षाको पहुँचमा परेको युनिसेफका नेपाल प्रतिनिधि टोमो होजिनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भूकम्पपछि अहिलेसम्मका ६ महिनामा विद्यालयहरू झन्डै आधा अवधि मात्र खुलेको अवस्थामा अहिलेको अवस्थाले पूर्वी तराई र अन्य क्षेत्रका बालबालिकामा बढी प्रभाव परेको विज्ञप्तीमा जनाएको छ ।

बालबालिकालाई शान्तिक्षेत्रका रूपमा गम्भीरतापूर्वक लिनुपर्ने आग्रहलाई दोहोर्याउदै राजनीतिक तनाव, अशान्त र द्वन्द्वको अवस्थाबाट बालबालिका मुक्त हुन आवश्यक रहेको युनिसेफले जोड दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी