नवनिर्वाचित राष्ट्रपति भण्डारीद्वारा राष्ट्रपतिको शपथ ग्रहण

नवनिर्वाचित राष्ट्रपति भण्डारीद्वारा राष्ट्रपतिको शपथ ग्रहण

  • बिहिबार, कार्तिक १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ, १२ कात्तिक ।

नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठले राष्ट्रपति भण्डारीलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको हो ।

नवनिर्वाचित राष्ट्रपति भण्डारीले शपथपत्रमा हस्ताक्षर गर्नुभएपछि निर्वतमान राष्ट्रपति डा रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्तीलगायतसँग परिचय गर्नुभएको थियो ।

समारोहमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, पूर्व प्रधानमन्त्रीहरु, संवैधानिक अङ्गका प्रमुखहरु, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, सांसदहरु, नेपाल सरकारका उच्च अधिकारीहरु, सुरक्षा अङ्गका प्रमुखहरु, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।

शपथ ग्रहणलगत्तै निवर्तमान राष्ट्रपति डा यादवले नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई पदभार हस्तान्तरण गर्नुभएको थियो । शपथ ग्रहणपछि नेपाली सेनाले राष्ट्रपति भण्डारीको सम्मानमा २१ तोपको सम्मान गारद अर्पण गरेको थियो । भण्डारी बुधबार राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

यसअघि नवनिर्वाचित राष्ट्रपति भण्डारी आफ्नो निवास मध्यबानेश्वरबाट विशेष सुरक्षा व्यवस्थासहित राष्ट्रपति भवन शीतलनिवास पुग्नुभएको थियो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी