सरकार र मधेसी मोर्चाबीचको वार्ता निष्कर्षहीन

सरकार र मधेसी मोर्चाबीचको वार्ता निष्कर्षहीन

  • बिहिबार, कार्तिक १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं,१२ कात्तिक ।

सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज भएको वार्ता निष्कर्ष्विहीन भएको छ ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको वार्तामा सरकारी वार्ता टोलीले सीमांकनका विषयमा स्पष्ट खाका पेश गर्न नसकेपछि निष्कर्षबिहिन भएको हो । मोर्चाले अहिले प्रदेश नम्बर १ मा रहेको झापा, मोरङ र सुनसरी तथा प्रदेश ७ मा रहेको कैलाली र कन्चनपुरलाई तराईमा बन्ने २ वा प्रदेशमा समेट्नुपर्ने अडान कायमै राखेको छ ।

बैठकपछि सन्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले अधिकांश विषयमा मोर्चासँग सहमति भइसकेकाले आन्दोलन रोकेर सहमतिमा अघि बढ्न आग्रह गरेको जानकारी दिनुभयो ।

मोर्चाका वार्ता टोलीका सदस्य तथा सद्भावना पार्टीका उपाध्यक्ष लक्ष्मणलाल कर्णले भने सरकारी वार्ता टोली आजपनि ठोस रुपमा प्रस्तुत नभएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी