काठमाण्डौ,१२ कात्तिक ।
भारतको अघोषित नाकाबन्दीका कारण आलु लिन व्यापारी नआउँदा भक्तपुरको नगरकोट नगरपालिका–७ स्थित सुडालका किसानको आलु खेतमै कुहिन थालेको छ ।
दसैँअघि नै खन्नुपर्ने आलु अहिलेसम्म खेतमै भएपछि किसान कुहिने चिन्तामा परेका हुन् । भारतीय नाकाबन्दीको कारण पेट्रोलियम पदार्थको अभावले गर्दा व्यापारी खेतसम्म पुग्न नसक्दा किसानहरुले आलु खनेका छैनन ।
भूकम्पले घर भत्काएकाले आलु खने पनि धेरै किसानसँग आलु राख्ने ठाउँ छैन । फेरी अघिल्ला वर्षमा व्यापारीले खेतबाटै सबै आलु उठाउने भएकाले किसानले घरमा आलु लैजान नचाहेको किसान विदुर सुवेदी बताए ।
गत वर्ष प्रतिधार्नी १२० रुपैया सम्ममा आलु बेचेका किसान यस वर्ष आलुको मुल्य नपाउने हो कि भन्ने चिन्तामा छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline