युवा संघले क्युवामा हुने महासभामा भाग लिने

युवा संघले क्युवामा हुने महासभामा भाग लिने

  • बिहिबार, कार्तिक १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौँ, १२ कात्तिक ।

युवा संघ नेपालले विश्व प्रजातान्त्रिक युवा संघको १९ औँ महासभामा भाग लिने भएको छ । यही कात्तिक २१ देखि २८ गतेसम्म क्युवामा हुने सो सम्मेलनमा विश्वका विभिन्न प्रगतिशील राष्ट्रका युवा संघ सङ्गठनको सहभागिता रहनेछ ।

युवा संघका अध्यक्ष राजीव पहारी नेपालको नेतृत्व गर्दै त्यसतर्फ जानुहुने छ भने युवा सङ्घले उपाध्यक्ष पदमा उम्मेदवारीसमेत दिने बताइएको छ ।

मुख्य कार्यालय हङ्गेरीमा रहेको सो संस्थाले विश्वमा गरिबी निवारण, युवामैत्री समाज निर्माण, विश्व भ्रातृत्व तथा विश्व शान्तिका लागि युवाको भूमिकालाई सक्रिय बनाउने कार्यक्रम सञ्चालन गर्दै आएको युवा सङ्घका महासचिव प्रभातविक्रम कटुवालले जानकारी दिनुभयो ।

सहभागी राष्ट्रले सम्बन्धित मुलुकमा युवा वर्गको अवस्था, नीति निर्माणमा उनीहरुको सहभागिता, देश विकासका लागि युवाशक्तिको महत्वकालगायत विषयमा छलफल तथा विज्ञबाट कार्यपत्र प्रस्तुत गरिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी