काठमाडौ १२ कार्तिक ।
नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दै हुनुहन्छ । राष्ट्रपति भवन शितल निवासमा आज अपरान्न ३ बजे एक भव्य समारोहकाबीच उहालाई प्रधानन्यायाधीश कल्याण श्रेष्ठले सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।
सपथ ग्रहणलगत्तै निवर्तमान राष्ट्रपति डा. रामवरण यादवले नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई पदभार हस्तान्तरण गर्ने कार्यक्रम छ । भण्डारी हिजो भएको निर्वाचनमा कांग्रेस उमेदवार कुलबहादुर गुरुङलाई पराजित गर्दै मुलुकको दोस्रो तथा प्रथम महिला राष्ट्रपति बन्नु भएको हो ।
यसैबीच गणतान्त्रिक नेपालको प्रथम राष्ट्रपति डा. यादवले सात वर्ष तीन महिनापछि आज सितल निवास छाड्दै हुनुहुन्छ । उहाँकोे विदाईमा सरकारले भव्य कार्यक्रमको आयोजना गरेको छ ।
बिदाईलगत्तै उहाँ राज्यका तर्फबाट अतिविशिष्ट व्यक्तित्वका लागि उपलब्ध गराइएको भीभीआईपी सुरक्षासहित शितल निवासबाट बाहिरिनु हुने भएको छ ।
निवर्तमान राष्ट्रपति डा. यादवका लागि सरकारले ललितपुरको भैसेपाटी स्थित सुबिधा सम्पन्न घरको व्यवस्था गरिएको छ । उहाँ २०६५ साउन ८ गते मुलुकको पहिलो राष्ट्रपतिका रुपमा निर्वाचित हुनु भएको थियो ।