एनओसी र पेट्रो चाइनाबीच इन्धन कारोबार गर्ने सम्झौता

एनओसी र पेट्रो चाइनाबीच इन्धन कारोबार गर्ने सम्झौता

  • बुधबार, कार्तिक ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौँ, ११ कात्तिक ।

चीनसँग दीर्घकालीनरुपमा पेट्रोलियम पदार्थ आयात गर्न सरकारको स्वामित्व रहेको नेपाल आयल निगम र चीनको सरकारी स्वामित्वको पेट्रो चाइनाबीच आज बेइजिङमा सम्झौता भएको छ ।

यो सम्झौतासँगै नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेशन९आइओसी०बीचको पेट्रोलियम पदार्थको एकाधिकार व्यापार तोडिएको छ भने चीनबाट इन्धन आयातको बाटो खुलेको छ ।

“आयल निगम र पेट्रो चाइनाबीच इन्धन आयात गर्ने सम्झौंता भएको छ” चीनका लागि नेपाली राजदूत महेश मास्केले रासससँग भन्नुभयो,“यो सम्झौंतापछि चीनबाट दीर्घकालिन रुपमा आयात गर्ने बाटो खुलेको हो ।”

दुई देशका व्यापारीक निकायबीच भएको सम्झौतामा निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का र पेट्रो चाइनका कार्यकारी प्रमुखबीच हस्ताक्षर भएको राजदूत मास्केले जानकारी दिनुभयो ।

सम्झौता गर्नु अगाडिको छलफलमा दुई देशबीचको नाकालाई प्रभावकारी बनाउने र सडकलाई चौडा गर्ने विषयमा पनि छलफल भएको त्यस विषयमा चिनीया पक्ष सकारात्मक रहेको उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी