काठमाण्डौ,११ कात्तिक ।
गणतन्त्र नेपालको द्रोस्रो राष्ट्रपति पदमा एमाले नेतृ विद्यादेवी भण्डारी निर्वाचित हुनुभएको छ । उहा नेपालको पहिलो महिला राष्ट्रपति बन्नुभएको हो ।
ब्यबस्थापिका संसदमा भएको राष्ट्रपति निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गरेर राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । भण्डारीसँग कांग्रेसका पुराना नेता कुलबहादु गुरुङ पराजित हुनुभएको छ ।
मत परिणाम अनुसार बिद्या भण्डारीले ३२७ मत र कुलवहादुर गुरुडले २१४ मत पाउनु भएको छ ।
भण्डारीको पक्षमा एमालेको १ सय ८४, एमाओवादीको ८२, राप्रपा नेपालको २५, फोरम लोकतान्त्रिकको १४, राप्रपाको १२ र साना दलका सांसदको मत परेको छ। मधेसी मोर्चाले मतदान बहिष्कार गरेको छ।
भण्डारीएमालेका संस्थापक नेता स्व.मदन भण्डारीकी पत्नी हुन्। रक्षा मन्त्रालय लगायतका महत्वपूर्ण जिम्मेवारी समालेकी भण्डारी पार्टी संगठनमा लामो समयदेखि क्रियाशिल हुनहुन्छ।
२०१८ साल असार ५ भोजपुरको मानेभञ्ज्याङमा जन्मिएकी भण्डारीले स्तानकसम्मको अध्ययन गर्नुभएको थियो । बिद्यार्थीकाल देखि नै राजनीतिमा सक्रिय रहेकी भण्डारी २०३५ सालदेखि तत्कालिन नेकपा (माले) सम्बद्ध युवा लीगमा संगठित राजनीतिक यात्रा सुरु गर्नुभएको थियो ।