काठमाडौँ, ११ कात्तिक ।
नेपाली काँग्रेसले वरिष्ठ अधिवक्ता गणेशराज शर्माको निधनप्रति दुःख व्यक्त गरेको छ । आज एक विज्ञप्ति निकालेर काग्रेसले शर्माको निधनले नेपालको कानूनी क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएको छ ।
वरिष्ठ अधिवक्ता शर्माको हिजो काठमाडौँमा निधन भएको थियो । काँग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालासँग निकटमा रहनु भएका शर्माको निधनले अपूरणीय क्षति पुगेको काँग्रेसले जनाएको छ ।
शर्माको दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति काँग्रेसले समवेदना प्रकट गरेको पार्टी कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline