बन्दको प्रतिकार गर्न खोज्दा विराटनगरमा बन्दकर्ता र व्यवसायिबीच झडप

बन्दको प्रतिकार गर्न खोज्दा विराटनगरमा बन्दकर्ता र व्यवसायिबीच झडप

  • बुधबार, कार्तिक ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, ११ कार्तिक ।

विराटनगरमा मधेसी मोर्चाका कार्यकर्ता र व्यवसायिबीच झडप भएको छ ।

आज बिहानै बन्द गराउँदै हिँडेका बन्दकर्ताको प्रतिकार गर्न खोजेपछि झडप भएको प्रहरीले जनाएको छ ।

लामो समयको बन्दपछि खुलेका पसल तथा व्यवसाय बन्द गराउन थालेपछि व्यवसायी आक्रोशित भएका हुन ।

विराटनगरको महाबिर चोकमा बन्दकर्ताको बिरोधमा व्यवसायी निस्किएपछि बन्दकर्ता आक्रोशित भएका थिए ।

शान्तिपूर्ण बन्द गराउँदै हिँडेका आन्दोलनकारीलाई प्रहरीको आडमा व्यवसायीले ढुङ्गा हानेपछि झडप भएको संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष राजकुमार यादवले बताउनुभयो ।

प्रहरीले विराटनगरमा व्यापार व्यवसाय बन्द गराउँदै हिँडेका तीन जना नेतालाई पक्राउ गरेको छ ।

शनीमन्दीर चौकमा सडक अबरुद्ध गर्दै आएका तथा सोही क्षेत्रमा बन्द गराउँदै हिँडेका संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष राजकुमार यादव, तमलोपाका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला अध्यक्ष मोहअम्मद कादिर र संघीय समाजवादी फोरमका जिल्ला सदस्य कन्हैयालाल साहलाई पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रमोद खरेलले जानकारी दिनुभयो ।

प्रहरी नायव उपरिक्षक खरेलले सडकमा बसेर धर्ना दिएकोले सडक अबरुद्ध गर्न नदिने आदेश अनुसार उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

यसैबीच आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताले रौतहटको गरुडामा दुई ओटा मोटरसाइकलमा आगजनी गरेका छन् ।

गएराति गरुडा नगरपालिका १३ स्थित जयनगर चोकमा गौरबाट आउदै गरेका दुई ओटा मोटरसाइकलमा मोर्चाका कार्यकर्ताले आगजनी गरेका हुन् ।

ना १ प ५१०५ नम्बरको मोटरसाइकलमा आगजनीका क्रममा चालक रामप्रवेश शाह र पछाडि सवार सुरेश शाह कलवार सामन्य घाइते भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी