मुलुकको दोस्रो राष्ट्रपतिका लागि आज संसदमा निर्वाचन हुँदै

मुलुकको दोस्रो राष्ट्रपतिका लागि आज संसदमा निर्वाचन हुँदै

  • बुधबार, कार्तिक ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ ११ कार्तिक । 

मुलुकको दोस्रो राष्ट्रपतिका लागि व्यवस्थापिका संसदमा आज निर्वाचन हुँदैछ । त्यसका लागि संसदमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मतदान हुने संसद सचिवालयले जनाएको छ ।

निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट एमाले उपाध्यक्ष विद्या भण्डारी र प्रतिपक्षी दल नेपाली कांग्रेसबाट कुलबहादुर गुरुङबीच प्रतिस्पर्धा हुदैछ । उपधयक्ष भण्डारीलाई एमाले, एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, राप्रपा लगायत दलको समर्थन छ ।

गुरुङलाई कांग्रेस बाहेक हालसम्म अन्य दलको समर्थन देखिएको छैन । त्यसकारण समिकरणमा आकश्मिक फेरबदल नभए देशको महिला राष्ट्रपतिमा भण्डारी निर्वाचित हुने निश्चित देखिएको छ ।

राष्ट्रपति पदमा निर्वाचित हुन संसदमा हाल कायम ५ सय ९७ सिट मध्ये २ सय ९९ मत आवश्यक पर्छ । सबै सत्तारुढ दलले भण्डारीको पक्षमा मतदान गर्न आआफ्ना सांसदलाई निर्देशन दिइसकेका छन् ।

मतदान सकिएपछि दिउँसो आज दिउँसो साँढे २ बजेदेखि मत गणना हुनेछ । बेलुकी पौने ५ बजे निर्वाचन समितिले मत गणनाको परिणाम सभामुखलाईे हस्तान्तरण गर्ने कार्यसुची रहेको संसद सचिवालयका सहयक प्रवक्त सुदर्शन कुइाकेलले जानकारी दिनुभयो ।

बेलुकी ५ बजे बस्ने व्यवस्थापिका–संसद्को बैठकमा सभामुख ओनसरी घर्तीले नयाँ राष्ट्रपतिको मत परिणाम सार्वजनिक गर्नुहुने कार्यतालिका छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी