‘म्याच फिक्सिङ’को आरोपमा पक्राउ परेका खेलाडी विशेष अदालतमा

‘म्याच फिक्सिङ’को आरोपमा पक्राउ परेका खेलाडी विशेष अदालतमा

  • मङ्लबार, कार्तिक १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, १० कात्तिक ।

‘म्याच फिक्सिङ’ गरेको आरोपमा पक्राउ परेका चार फुटबल खेलाडी र एक प्रशिक्षकलाई म्याद थपका लागि आज काठमाडौँको विशेष अदालतमा उपस्थित गराइएको छ ।

दसैंमा अदालत बन्द भएका कारण उनीहरुविरुद्ध प्रहरीमै मुद्दा दायर गरिएको हो । राज्य विरुद्धको अपराधमा उनीहरुविरुद्ध मुद्दा चलाइएको र यो मुद्दा विशेष अदालतले हेर्ने भएकाले उनीहरुलाई अदालतमा लगिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।

म्याच फिक्सिङको आरोपमा अपराध महाशाखाले राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित सन्दीप राई, रितेश थापा र विकाससिंह क्षेत्री तथा प्रशिक्षक अन्जन केसीलाई गत असोज महिनामा पक्राउ गरेको थियो । उनीहरुमाथि इराक, फिलिपिन्स, अफगानिस्तान, कुवेतलगायत राष्ट्रमा भएका प्रतियोगितामा मिलेमतोमा खेल खेलेको आरोप छ ।

ती खेलाडीले सन् २००८ देखि सन् २०१४ को बीचसम्म भएका अधिकांश अन्तराष्ट्रियस्तरका प्रतियोगितामा आशातीत प्रदर्शन गर्न सकेका थिएनन। प्रहरीले कप्तान थापालाई थापाथली, गोलकिपर थापा र राईलाई बालुवाटार तथा क्षेत्री र केसीलाई जावलाखेलबाट पक्राउ गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी