कर्णाली नदीमा डुङ्गा दुर्घटना हुँदा दुईको मृत्यु

कर्णाली नदीमा डुङ्गा दुर्घटना हुँदा दुईको मृत्यु

  • सोमवार, कार्तिक ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाण्डौ,९ कात्तिक ।

कैलाली र बर्दिया जिल्लाको सीमा नदी कर्णालीमा आज अपराह्न ¥याफ्टिङमा रहेको डुङ्गा दुर्घटना दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयले कैलाली जिल्लाको चिसापानीदेखि कर्णाली नदीमा ¥याफ्टिङ गरी गइरहेको डुङ्गा बर्दियाको पाताभारस्थित सोही नदीमा दुर्घटना हुँदा त्यसमा सवार लम्की–चुहा नगरपालिकाकी ६० वर्षीया कल्छीमाया पाण्डे र दुई वर्षीया बालिका यशोदा पाण्डेको मृत्यु भएको जनाएको छ ।

घटनामा १२ वर्षीय दिपेश पाण्डे नदीमा बेपत्ता भएका छन् ।डुङ्गामा ¥याफ्टिङ गरिरहेका १२ जनाको सकुशल उद्धार गरिएको जनाइएको छ । बेपत्ता हुनेको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी