धनगढी–काठमाडौ हवाई सेवा सुरु

धनगढी–काठमाडौ हवाई सेवा सुरु

  • सोमवार, कार्तिक ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाण्डौ,९ कात्तिक ।

नेपाल वायु सेवा निगमले हप्तामा चार दिन धनगढी–काठमाडौँ हवाई सेवा सुरु गरेको छ ।

जहाज अभावका कारण धनगढी–काठमाडौँ हवाई सेवा नियमित गर्न नसकिरहेको निगमले केही दिनअघिदेखि आइतबार, मङ्गलबार, बुधबार र शुक्रबार हवाई सेवा सुरु गरेको हो ।

जहाज नभएकाले धनगढी–काठमाडौँको हवाई सेवा नियमित बनाउन भने कहिलेकाहीँ समस्या हुने गरेको निगमको धनगढीस्थित कार्यालयका प्रमुख कुलप्रसाद ओझाले बताउनुभयो । ‘ट्रङ्क रुट’मा चल्ने निगमको यो एउटै विमानबाट तराई क्षेत्रका विराटनगर, भद्रपुर, भैरहवा, नेपालगन्ज र धनगढीबाट हवाई सेवा उपलब्ध गराउनुपर्ने अवस्था रहेको छ ।

धनगढी विमानस्थलवाट नेपाल वायुसेवा निगमबाहेक निजी क्षेत्रको बुद्ध एअर र यती एअरलायन्सले हवाई सेवा सञ्चालन गर्दै आएको छ । बुद्ध एअरले दैनिक सेवा उपलब्ध गराइरहेको छ भने यती एअरलायन्सले हप्तामा तीन दिन सेवा उपलब्ध गराउँदै आएको छ ।

नेपाल वायु सेवाको धनगढी–काठमाडौँको भाडादर प्रतियात्रु रु पाँच हजार ६५५, रु छ हजार २५५ र आठ हजार ४६५ गरी तीन प्रकारको कायम गरिएको छ । अग्रिम टिकट लिनेले सस्तो अर्थात् रु पाँच हजार ६५५ मा उड्न पाउने गरेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी