काठमाडौँ, ९ कात्तिक ।
काठमाडौँको दक्षिण भेगस्थित चोभारको आदिनाथमा आजदेखि एक महिना मेला सुरु भएको छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म चल्ने मेलामा काठमाडौँ तथा त्यस आसपासका क्षेत्रबाट भक्तजन सहभागी हुने गर्दछन् ।
आदिनाथको मन्दिरमा रहेको मूर्तिमा नरनारीको रुप रहेकाले अर्धनारेश्वरसमेत भनिन्छ । उक्त मूर्तिमा भगवान् शिव तथा पार्वतीको संयुक्त आकार रहेको जनविश्वास छ ।
यस मेला अवधिभर मन्दिरमा दर्शन गरेमा विभिन्न रोगव्याधि तथा छालासम्बन्धी रोगबाट मुक्ति पाइने पूजारी सरोज शाक्यले जानकारी दिनुभयो ।
विशेषगरी हिन्दू तथा बौद्ध धर्मालम्बीले आस्था प्रकट गर्ने उक्त मन्दिरमा हिन्दूले शिवशक्तिका रुपमा पूजाआजा गर्ने गर्दछन् । बौद्ध धर्माबलम्बीले लोकेश्वरका रुपमा पूजा गर्ने गर्दछन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline