काग्रेसले अन्य दलसँग छलफल गरेर राष्ट्रपतिको टुंगो लगाउने

काग्रेसले अन्य दलसँग छलफल गरेर राष्ट्रपतिको टुंगो लगाउने

  • सोमवार, कार्तिक ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ, ९ कात्तिक ।

नेपाली काँग्रेसले राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनमा अन्य दलसँग छलफल गरी निर्णय लिने भएको छ ।

ब्यबस्थापिका–संसदमा सबैभन्दा ठूलो दलका रुपमा रहेको नेपालीले काग्रेसले ती पदमा पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार छनोट गरिसकेको छैन ।

पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा आज बसेको पार्टी पदाधिकारी बैठकले संसदमा रहेका दलसँग छलफल गरी ती पदमा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको बैठकपछि उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

काग्रेसको कात्तिक ७ गते बसेको पदाधिकारी बैठक र सोही दिन बसेको केन्द्रीय समिति बैठकले ती पदमा उम्मेदवारी दिने निर्णय गरेको थियो । निर्वाचन नजिकिँदै गर्दा दलहरुको सक्रियता बढ्दै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी