काठमाडौं,८ कात्तिक ।
सरकारी बार्ता टोली र मधेसी मोर्चाबिच आज भउको र्औपचारीक बार्ता सकारात्मक भएको छ ।
करीब तीन घण्टा लामो समयसम्म भएको वार्ता सकारात्मक भएको बार्ता टोलीका सदस्य रामजनम चौधरीले जानकारी दिनुभयो ।
उहाका अनुसार मोर्चाबाट प्रस्तुत पाँचवटा पूर्व सर्त पूरा गर्ने सहमति भएको छ । पाँच सर्त पुरा गर्ने कानुनि र व्यवहारिक आधार तयार पार्न कानुन मन्त्री अग्नी खरेललाइ जिम्मा दिने र उहाको सहयोगका लागि मोर्चाका तर्फबाट संघीय समाजवादी फोरमका उपाध्यक्ष लालबाबु राउतलाइ जिम्मेवारी तोकिएको छ।
आन्दोलनका क्रममा मृत्यु भएका सबैलाइ सहिद घोषणा गर्नुपर्ने, मृतक परिवारलाइ क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निशुल्क उपचार गर्नुपर्ने, दंगाग्रस्त क्षेत्र, निषेधित क्षेत्र र कर्फ्यु आदेश हट्नु पर्ने र आन्दोलनका क्रममा पक्राउ परेका नेता कार्यकर्तालाइ रिहाइ गर्नुपर्ने मोर्चाको सर्तहरू सरकारले पुरा गर्ने सहमति भएको वार्तामा सहभागी मोर्चाका नेता राम नरेश रायले जानकारी दिनुभयो ।