काठमाण्डौ,८ कात्तिक ।
काग्रेस र एमाले दुबैले राष्ट्रपतिमा उम्मेदवारी दिने भएका छन । नया बानेश्वरस्थित संसद भवनमा आज बसेको सर्बदलिय बैठकमा दुबै दलले आफनो अडान नछाडेपछि चुनावी प्रतिस्पर्धामा जाने निर्णय भएको हो ।
काग्रेसले पहिलो दलका रुपमा आफुले राष्ट्रपति पाउनुपर्ने दाबी गरेको छ । काग्रेसले द्रोस्रो दलले प्रधानमन्त्री ,तेस्रो दलले सभामुख पाएको सन्दर्भमा पहिलो दलको हैसियतले आफुले राष्ट्रपतिमा दाबी गर्नु स्वभाबिक भएको बताएको थियो ।
बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको चुनावमा काग्रेसले आफुहरुलाई सहयोग नगरेको बताउदै राष्ट्रपतिमा काग्रेसलाई सहयोग गर्न नसक्ने बताउनु भयो।
उहाले एमालेको उम्मेदावरलाई काग्रेसले सहयोग नगरे आफुहरु लोकतान्त्रिक प्रक्रियाबाट अघि बढ्ने बताउनु भएको छ । बैठकमा साना दलहरुले सहमतीय राजनितिकका आधारमा राष्ट्रपतिको सा्झा उम्मेदावर तय गर्न आग्रह गरेका थिए ।