कर्णालीमा डुङ्गा पल्टिँदा एक महिलाको मुत्यु

कर्णालीमा डुङ्गा पल्टिँदा एक महिलाको मुत्यु

  • आइतवार, कार्तिक ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

दैलेख, ८ कात्तिक ।

ल्याटिबिन्द्रासैनी गाविसको पाल्तडा देखि आधा घन्टा माथि कर्णाली नदी हुँदै अछामबाट दैलेखतिर आउँदै गरेको डुङ्गा हिजो पल्टिँदा एक महिलाको ज्यान गएको छ ।

डुङ्गा पल्टिँदा दुई महिला बगेका थिए । एक महिलाको उद्धारसकुशल भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पुस्करबहादुर चन्दले बताउनुभयो ।

कर्णालीले बगाएर ल्याटिबिन्द्रासैनीका ४५ वर्षीया रुपा शाही मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै उद्धार हुनेमा ल्याटिबिन्द्रासैनीकै अमृता शाही हुन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

पाल्तडा प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक लोकबहादुर बुढाको नेतृत्वमा डुङ्गा दुर्घटनामा हराएकी महिलाको शव पत्ता लगाएका थिए । उक्त डुङ्गामा तीनजना सवार थिए ।

डुङ्गा चालक भैरवस्थान काभ्रे अछामका टेकबहादुर बुढाले दुवै महिलालाई बचाउन खोज्दा एकजना बेपत्ता भई मृत अवस्थामा फेला परेको उहाँले बताउनुभयो ।

प्रहरीले अछामबाट कर्णाली तरेर डुङ्गा बगर नजिक रोक्न लाग्दा दुर्घटना भएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी