कांग्रेस र एमाले राष्ट्रपति चुनावमा पनि भिड्ने, उम्मेदवार तोक्न बाँकी

कांग्रेस र एमाले राष्ट्रपति चुनावमा पनि भिड्ने, उम्मेदवार तोक्न बाँकी

  • आइतवार, कार्तिक ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, ८ कार्तिक ।

नेकपा (एमाले)ले पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारी दिने भएको छ ।

गएराति सम्पन्न पार्टीको स्थायी समितिको बैठकले सहमतिको प्रक्रियाबाट राष्ट्रपति निर्वाचनको निम्ति आफ्नो उम्मेदवार अघि सार्ने निर्णय गरेको सो पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिनुभयो यद्यपि पार्टीले उम्मेदवारको नाम तय गरेको छैन । सो विषयमा छलफल गर्न आज बिहान ११ बजे एमाले संसदीय दलको बैठक बस्नेछ ।

बैठकले राष्ट्रिय सहमतिको यात्रामा सँगसँगै अघि बढ्न नेपाली काँग्रेसलगायत सबै राजनीतिक दललाई आह्वान गर्ने निर्णय गरेको छ । राष्ट्रपति निर्वाचनलगायत आगामी दिनमा आउने विभिन्न घटनाक्रममा सहमतिका साथ अघि बढ्नुपर्नेमा बैठकले जोड दिएको छ

। पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले मुलुकले सामना गरिरहेको राष्ट्रिय सङ्कट, संविधानको सफल कार्यान्वयन, लोकतन्त्रको स्थायित्व, राष्ट्रिय एकताको संवद्र्धन, सामाजिक सद्भाव, भौगोलिक एकता, मुलुकको राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताका लागि अहिले पनि राष्ट्रिय सहमतिको आवश्यकता रहेको निष्कर्ष निकालेको छ ।

यसैबीच कांग्रेसले पनि राष्ट्रपति र उपराष्ट्रपतिमा पार्टीको तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको छ । तर उम्मेदवार भने तय गरिसकेका छैन ।

कांग्रेसभित्र मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीलाई राष्ट्रपति बनाउनुपर्छ भन्नेबारे पनि छलफल हुन थालेको छ । रेग्मीले समेत राष्ट्रपति हुन इच्छा देखाएको र भारतले समेत समर्थन गर्न सक्ने भएकाले कांग्रेसले उहाँको बारेमा समेत छलफल चलाएको हो ।

रेग्मीले मुख्य तीन दलका शीर्ष नेताहरुसँग भेटेरै आफुलाई सहयोग गर्न आग्रह गर्नुभएको बुझिएको छ । उहाँको नाममा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहमत हुनुभएको स्रोतले जनाएको छ ।

तर कांग्रेसभित्र वर्तमान राष्ट्रपति रामवरण यादव तथा केन्द्रीय सदस्यहरु कुलबहादुर गुरुङ र मानबहादुर बिश्वकर्माको नाम पनि चर्चा छ । कांग्रेसले कसलाई उम्मेदवार बनाउँछ भन्ने टुंगो लागिसकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी