काठमाडौँ, ७ कात्तिक ।
तराई मधेशमा आन्दोलनरत विभिन्न मोर्चा र सरकारबीच आज वार्ता हुदै छ ।
सरकारी वार्ता टोलीका संयोजक उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा नेतृत्वको वार्ता टोली र मधेमा २ महिनादेखि आन्दोलनरत सयुक्त लोकतान्त्रीक मोर्चाबीच दिउसो १ बजे परराष्ट्र मन्त्रालयमा वार्ता हुन लागेको सरकारी वार्ता टोलीका सदस्य विना विभागिय मन्त्री रामजनम चौधरीले बताउनु भयो ।
यस्तै सरकारी वार्ता टोलीले थरुहट संयुक्त सघर्ष समिति र र अनिल झा नेतृत्वको संघिय मधेशी मोर्चासंग पनि आजै वार्ता गर्ने बताइएको छ ।
आन्दोलनतर पक्षसंग वमर्ता गर्नुअघि सरकारी वार्ता टोलीले वार्तालाई सार्थक एवम् परिणाममुखी तुल्याउन आजै प्रधानमन्त्री, उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक परुष्पकमल दहालसंग छलफल गर्दै छ ।
आनदोलनरत पक्षको मागका विषयमा उच्चराजनीतिक स्थरमा गृहकार्य गरिेर मात्रै सरकारी वार्ता टोलीले मोर्चासंग वार्ता गर्ने विना विभागिय मन्त्री चौधरीले बताउनुभयो ।