सहमतिमा राष्ट्रपति चयन गर्न भोलीसम्मको समय, सहमति नभए ११ गते चुनाव हुने

सहमतिमा राष्ट्रपति चयन गर्न भोलीसम्मको समय, सहमति नभए ११ गते चुनाव हुने

  • शनिबार, कार्तिक ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

कात्तिक ७, काठमाडौं ।

व्यवस्थापिका– संसदले सहमतीका आधारमा राष्ट्रपति र उपराष्ट्रपति चयन गर्न भोलि दिउँसो ४ बजेसम्मको समय दिएको छ ।

संसदको आज बसेको बैठकले सहमतीका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको चयनका लागि भोलिसम्मको समय दिएको हो ।

सभामुख ओनसरी घर्तीले सहमतीका लागि दिइएको समयभित्र सहमती नभए राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव कात्तिक ११ गते बुधबार हुने जानकारी दिनुभयो । बुधबार ११ बजे बस्ने संसद बैठकमा चुनाव हुनेछ ।

राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि दलहरु गृहकार्यमा जुटेपनि उम्मेदवारबारे अझै टुंगो लागिसकेको छैन ।

यसअघि कांग्रेसले प्रधानमन्त्रीको चुनावमा सहमति तोडेको भन्दै एमाले र एकीकृत माओवादीले सत्तारुढ गठबन्धनबाटै राष्ट्रपति बनाउने तयारी गरेका छन् । कांग्रेसलाई राष्ट्रपति दिनेबारे पनि सत्तारुढ दलहरुभित्र छलफल भैरहेको छ ।

संसदको आज बैठकको शुरुमै सरकारको तर्फबाट समय मागेर बोल्दै उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले सरकारले हालै मधेशमा आन्दोलनरत मधेशी मोर्चासँगको बार्ता प्रक्रिया र उनीबाट हालै गरिएको भारत भ्रमणको विषयमा पनि सदनलाई जानकारी गराउनुभएको छ ।

उहाले तराईका विभिन्न भागमा आन्दोलन जारी राख्ने मधेशी मोर्चासँग सरकारले बार्ता टोली नै गठन गरेर बार्ता प्रक्रिया निरन्तर जारी राखेको जानकारी दिंदै भोलि पनि सरकारसँग मोर्चाको बार्ता हुन लागेको स्पष्ट पार्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी