प्रहरी र प्रदर्शनकारीबीच झडप, ३० राउण्ड हवाई फायर

प्रहरी र प्रदर्शनकारीबीच झडप, ३० राउण्ड हवाई फायर

  • शनिबार, कार्तिक ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

जनकपुरधाम, ७ कात्तिक ।

धनुषाको ढल्केवरमा प्रहरी र आन्दोलनकारीबीच गएराति झडप भएको छ ।झडपका क्रममा प्रहरीले गरेको लाठी र गोली प्रहारबाट करिब ११ जना आन्दोलनकारी घाइते भएका छन् ।

राति करिब २ बजे प्रहरीले स्कर्टिङ गरेर यात्रुबाहक बस र विभिन्न मालबाहक गाडी लगिरहेका बेला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले ढुङ्गा प्रहार गरेका थिए ।

प्रदर्शनकारीले गाडीमाथि ढुङ्गा प्रहार गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरी करिब ३० राउण्ड हवाई फायर गरेको थियो ।

प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा करिब ११ जना प्रदर्शनकारी घाइते भएको बताइएको छ । घाइतेमध्ये अधिकांशको शरीरमा गोलीको छर्रा लागेको छ ।

आन्दोलनकारीले केही सवारीसाधनमा पेट्रोल बमसमेत प्रहार गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रामदत्त जोशीले सवारीसाधनलाई गन्तव्यतर्फ पु¥याउने क्रममा प्रदर्शनकारीले ढुङ्गा प्रहार गर्न थालेपछि परिस्थितिलाई नियन्त्रण २५ देखि ३० राउण्डसम्म हावामा गोली चलाउनुपरेको जानकारी दिनुभयो ।

प्रदर्शनकारीले दुई वटा बसको सिसा फुटाइदिएका छन् । ढुङ्गा लागेर एक जना चालकको टाउको फुटेको छ भने एक जना महिला यात्रु घाइते भएका छन् । उनीहरुको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ । अहिले सो क्षेत्र तनावग्रस्त छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी