सरकार मोर्चाका माग सम्बोधनको सघन गृहकार्यमा

सरकार मोर्चाका माग सम्बोधनको सघन गृहकार्यमा

  • शनिबार, कार्तिक ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ, ७ कात्तिक ।

सरकारले आन्दोलनरत संयुक्त मधेसी मोर्चाले प्रदेश सीमाङ्कनको विषयलाई मुख्य मुद्दाका रुपमा उठाएपछि त्यसलाई सम्बोधन गर्न गृहकार्य थालेको छ ।

भोलि मोर्चासँग हुनै औपचारीक वार्तालाई सार्थक एवम् परिणाममुखी बनाउन उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्व गठित वार्ता टोलीले आज प्रधानमन्त्री, उच्चस्तरीय राजनीतिक समन्वय समिति र सत्ता साझेदार दलका नेतासँग छलफल गर्न लागेको हो ।

दुई महिनाभन्दा बढी समयदेखि तराई क्षेत्रमा जारी मोर्चाको आन्दोलनबाट मुलुकलाई निकास दिन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रमुख प्रतिपक्षी दलका साथै सत्ता साझेदार पार्टीसँग संविधान संशोधनलगायत मोर्चाका माग सम्बोधनबारे गहन छलफल हुने वार्ता टोलीका संयोजक एवम् बिना विभागीय मन्त्री रामजनम चौधरीले जानकारी दिनुभयो ।

यसअघि सरकारी वार्ता टोलीले मोर्चासँग दुईचरणमा वार्ता गरिसकेको छ । ती दुवै वार्तामा मोर्चाले प्रदेश सीमाङ्कन, तराई आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता, दङ्गाग्रस्त घोषणा गरिएका क्षेत्रबाट नेपाली सेना र सशस्त्र प्रहरीको फिर्ती, ज्यान गुमाएकालाई सहिद घोषणा एवम् घाइतेको निःशुल्क उपचारलगायत मागबाट पछि नहट्ने अडान दोहो¥याएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी