उपप्रम थापाद्वारा क्रिकेट खेलाडीलाई बधाई

उपप्रम थापाद्वारा क्रिकेट खेलाडीलाई बधाई

  • शुक्रबार, कार्तिक ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

कात्तिक, काठमाडौँ ।

उपप्रधानमन्त्री कमल थापाले मलेसियामा सम्पन्न अन्डरनाइन्टिन क्रिकेटमा आयरल्यान्डलाई तीन विकेटले जितेर स्वदेश फर्केका विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकप्रति बधाई ज्ञापन गरेकान् ।

परराष्ट्रमन्त्री थापाले विश्वकप क्रिकेटको छनोट चरणमा प्रवेश गरेका सम्पूर्ण क्रिकेट खेलाडी, खेलपदाधिकारी र खेलप्रेमीप्रति बधाई ज्ञापन गर्दै विजयादशमीका दिन १९ वर्षमुनिका क्रिकेट खेलाडीले मलेसियामा हासिल गरेको सफलताबाट राष्ट्रवासीलाई हर्षित तुल्याएको र मुलुकको गरिमा बढेको राससलाई बताए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली यु–१९ क्रिकेट टोली आगामी वर्ष बङ्गलादेशमा हुने आइसिसी यु–१९ विश्वकप विश्वकपका लागि छनोट भएकामा खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई बिहीबार बधाई दिँदै क्रिकेटबाट प्राप्त भएको विजय सबै नेपाली खेलप्रेमी र मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको र क्रिकेटलगायत अन्य खेलको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी