फोरम लोकतान्त्रिकका रौतहट अध्यक्षसहित अधिकाशं सदस्यद्धारा पार्टी परित्याग

फोरम लोकतान्त्रिकका रौतहट अध्यक्षसहित अधिकाशं सदस्यद्धारा पार्टी परित्याग

  • शुक्रबार, कार्तिक ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ,६ कात्तिक ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्षसहित कार्यसमितिका अधिकाशं सदस्यले पार्टी परित्याग गरेका छन ।

तराई मधेसको समस्यालाई यथावत राखेर पदको लोभमा पार्टीका केन्द्रीय अध्यक्ष विजयकुमार गच्छदार सरकारमा सहभागी भएपछि रुष्ट बनेका कार्यसमिति सदस्यले साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएका छन ।

रौतहट जिल्ला अध्यक्ष अजय गुप्तासहित सहसचिव, कोषाध्यक्ष र सदस्यसमेत तथा पार्टीका भातृसंगठनमा आबद्ध रहेका शिक्षक, युवा, दलित र किसान संगठनका अध्यक्ष विभिन्न क्षेत्रका क्षेत्रीय अध्यक्षले समेत सयौं नेता कार्यकर्ताले पार्टी परित्याग गरेको गुप्ताले बताउनु भयो ।

नेपाल भारत सीमा क्षेत्रको गौर(बैरगनिया नाकामा मोर्चाले जारीराखेको धर्नास्थलबाटै राजीनामा दिएका अध्यक्ष गुप्ताले मधेस र मधेसीको अधिकार सुनिश्चित गराउन सुरु भएको आन्दोलन दुई महिना लामो अवधिमा पुग्दा र ४२ जना शहिद हुँदासमेत सरकार पक्षबाट कुनै सुनवाई नभएको अवस्थामा आफ्नै पार्टी पनि सरकारमा सहभागी हुन मधेसी जनताको भावनाविरुद्ध भएको भन्दै आफूहरुले पार्टी परित्याग गरेको बताउनु भयो ।

पार्टीको केन्द्रीय कार्यसमितिले अहिलेसम्म पनि सरकारमा सहभागी भएका अध्यक्ष गच्छदारलाई कारबाही नगरेकोमा दुःख व्यक्त गर्दै राजीनामा दिएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी