काठमाडौं, ६ कार्तिक ।
कुवेतमा एक नेपालीको उपचार गर्ने क्रममा निधन भएको छ ।
खोटाङ सिमपानी ७ का ४२ बर्षिय रामबाबु खड्काको निधन भएको हो। अघिल्लो शुक्रबार अचानक ड्युटी स्थलमै बेहोस् भइ ढलेका खड्का उच्च रक्तचापबाट पीडित थिए ।
१५ वर्षअघि कुवेत आएका खड्का २००६ सम्म रियल स्टेट कम्पनीमा सेक्युरिटी गार्डमा काम गरेको र त्यस पछि सुल्तान सेन्टरमा सेक्युरिटी गार्डमै कार्यरत थिए ।
गत शुक्रबार ड्युटीकै क्रममा अचानक ढलेका उनको मुबारक अलकबिर हस्पिटलमा उपचारकै क्रममा मृत्यु भएको खोटाङ, कुवेत सम्पर्क मन्चका अध्यक्ष मन्जित राईले जानकारी दिएका छन ।
शुक्रबार र शनिबार २ दिन सरकारी छुट्टी परेको हुँदा आईतबारदेखि मात्र कानुनी प्रकृया शुरु हुने तर मृतकको शब चाँडो भन्दा चाँडो नेपाल पठाउन आफुले पहल गरिरहेको र कम्पनीसंग पनि कुरा भइरहेको राईको भनाई थिया
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline