राष्ट्रपति र उपराष्ट्रपति चयन प्रक्रिया भोलिबाट

राष्ट्रपति र उपराष्ट्रपति चयन प्रक्रिया भोलिबाट

  • शुक्रबार, कार्तिक ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं, ६ कार्तिक ।

नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयनको प्रक्रिया भोलीबाट सुरु हुने भएको छ ।

व्यवस्थापिका संसद अधिवेशन आह्वान भएको ३० दिनभित्र राष्ट्रपति र उपराष्ट्रपति चयन भैसक्नुपर्ने व्यवस्था भएकाले त्यस अनुसार तयारी सुरु भएको संसद सचिवालय जनाएको छ ।

संसदको बैठक भोलि बस्ने भएकाले भोलिदेखि नै राष्ट्रपति चयनको प्रक्रिया सुरु हुनेछ । राष्ट्रपति निर्वाचनको लागि भोलि कार्यतालिका प्रकाशित गर्ने संसद सचिवालयले जनाएको छ ।

संसद सचिवालयका अनुसार सुरुमा सहमतिको आधारमा राष्ट्रपति चयनको लागि दलहरुलाई समय दिइने र नभएमा चुनावी प्रक्रिया सुरु हुनेछ ।

दसैं सकिए लगत्तै नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयन भैसक्ने भएकाले दलहरु पनि आवश्यक गृहकार्यमा जुटेका छन् । तर राष्ट्रपतिको उम्मेदवारबारे अझै यकिन भैसकेको छैन ।

यसअघि कांग्रेसले प्रधानमन्त्रीको चुनावमा सहमति तोडेको भन्दै एमाले र एकीकृत माओवादीले सत्तारुढ गठबन्धनबाटै राष्ट्रपति बनाउने तयारी गरेका छन् ।

तर कांग्रेसलाई राष्ट्रपति दिनेबारे पनि सत्तारुढ दलहरुभित्र छलफल भैरहेको छ । नयाँ संविधानको व्यवस्था अनुसार प्रधानमन्त्री, सभामुख र उपसभामुखको चयन भने भैसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी