यसवर्षको दसैँमा गरगहनाको बिक्रीमा कमी

यसवर्षको दसैँमा गरगहनाको बिक्रीमा कमी

  • बिहिबार, कार्तिक ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौँ, ५ कात्तिक ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले यसवर्षको दसैँमा सुन तथा गरगहनाको व्यवसायमा कमी आएको जनाएको छ ।

भारतको अघोषित नाकाबन्दीका कारणले गर्दा यस क्षेत्रको व्यापारमा नकारात्मक असर परेको हो ।

महासङ्घका अनुसार अघिल्ला वर्षमा दसैँका वेलामा दैनिक करिब ५० किलोको सुनको व्यापार हुने गरेकामा यसपटक विभिन्न कारणले दैनिक १० किलोको समेत कारोवार हुन सकेको छैन ।

महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले सुन तथा गरगहनाको अहिले किनबेचको राम्रो समय भएको भए पनि नाकाबन्दीका कारण सर्वसाधारणको प्राथमिकतामा परिवर्तन भई बिक्रीमा कमी आएको स्वीकार्नुभयो ।

भूकम्पका कारण सुन तथा गरगहनाको कारोवार ह्वात्तै घटेको भए पनि विस्तारै विवाह, ब्रतबन्ध तथा तिजलगायतका पर्वले कारोवारमा क्रमिक सुधार आउन थालेको थियो । तर विभिन्न वाणिज्य बैङ्कमार्फत आउने दैनिक १५ किलो सुनसमेत उठ्न सकेको छैन ।

नेपाल रत्न तथा आभूषण महासङ्घका अध्यक्ष रमेश महर्जनका अनुसार अहिले विशेषगरी नयाँ सुन किन्ने तथा गहना प्रयोग गर्ने भन्दा पनि पुराना गरगहनालाई मर्मत गरी लगाउने प्रचलन बढेको छ ।

महर्जनले सुनले नगदकारुपमा मान्यता पाउने हुँदा सर्वसाधारण मानिसले समेत दसैँमा धेरै थोरै गरगहना जोहो गर्ने परम्परा रहेको बताउँदै सुनको मूल्य उच्च हुनु, पैसाको क्रय शक्ति घट्नु, सुन लगाउँदा असुरक्षासमेत हुनेजस्ता कारणले मानिसको यसप्रति आकर्षण घट्दै जान थालेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय मुद्रा तथा डलरमा सुनको कारोवार र खरिद बिक्री हुने गर्दछ । आवश्यक पर्दा सन्चय गरेको सुन तथा गहना बिक्री गरी विभिन्न काम चलाउनेसमेत गरिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी