काँकडभिट्टाको बजार क्षेत्रमा पेट्रोल–डिजेल बेच्न निषेध

काँकडभिट्टाको बजार क्षेत्रमा पेट्रोल–डिजेल बेच्न निषेध

  • बिहिबार, कार्तिक ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाण्डौ,५ कात्तिक । 

आगलागीको जोखिम बढेको भन्दै स्थानीय प्रहरीले पूर्वीनाका काँकडभिट्टाको मुख्य बजार र बसपार्कबाट पेट्रोल र डिजेलका फुटपाथे पसल हटाएको छ ।

काँकडभिट्टा इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी भन्सार राजस्व गुल्म र मेची उद्योग वाणिज्य सङ्घले संयुक्तरुपमा माइकिङ गरी बजार क्षेत्रमा पेट्रोल र डिजेल बेच्न निषेध गरिएको हो ।

भारतले अघोषित नाकाबन्दी लगाएपछि स्थानीय खुद्रा व्यवसायीले काँकडभिट्टाको बसपार्क र मुख्य बजार क्षेत्रमा पेट्रोल र डिजेलका जथाभावी सयौँ पसल चलाएका थिए । ती पसलमा ड्रम, ग्यालन र बोतलमा इन्धन बेच्ने गरिएको थियो ।

प्रज्ज्वलनशिल पदार्थको जथाभावी बिव्रmी गर्दा चाडपर्वका बेला आगलागीको जोखिम बढ्ने भएकाले फुटपाथमा पेट्रोल र डिजेल बेच्न नदिइएको सशस्त्र प्रहरी भन्सार राजस्व गुल्मका डीएसपी प्रेमबहादुर भण्डारीले बताउनुभयो ।

बजार र बसपार्क क्षेत्रबाट हटाइएका इन्धनका फुटपाथे पसललाई आवास क्षेत्रबाट एक किलोमिटर पूर्व निर्माणाधिन बस टर्मिनलको खुलाचौरमा सारिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी