काठमाडौँ, ५ कात्तिक ।
विजयादशमीको उपलक्ष्यमा आज राष्ट्रपति डा रामवरण यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा टीका र जमरा प्रदान गर्नुभयो ।
राष्ट्रपति यादवबाट बिना विभागीय मन्त्री विश्वेन्द्र पासवान, सशस्त्र प्रहरी वलका महानिरीक्षक कोषराज वन्त, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, गैरआवासीय नेपाली सङ्गठनका अध्यक्ष शेष घलेलगायतले पनि टीका लगाउनुभयो ।
यस्तै राष्ट्रपति यादवले राष्ट्रपति भवन शीतल निवासमा आज विहान १०ः५५ बजेको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्याल र पण्डित शङ्करप्रसाद सिग्द्यालबाट विजया दशमीको टीका लगाउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline